भदौं १५, काठमाडौं – काठमाडौं जिल्लामा सोमबार १९० जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले काठमाडौं जिल्लामा मात्रै १९० जनामा पुष्टि भएको बताए ।
यो संगै देशभर पछिल्लो २४ घण्टामा ८९९ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए ।
यो संगै हालसम्म देशभर संक्रमितको संख्या ४९ हजार ४ सय ६ ० पुगेको छ ।