मेस्सीलाई अर्जेन्टिना फर्कन आग्रह गर्दै राष्ट्रपतिले भने ‘तिमी हाम्रो ह्दयमा छौं ’

भदौं १५, एजेन्सी अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फार्नान्डिजले लियोनल मेस्सीलाई आफ्नो देश फर्कन आह्वान गरेका छन् ।

अर्जेन्टिनी राष्ट्रपतिले मेस्सीलाई आफ्ना देश फर्कन आग्रह गर्दै नेवेल्स ओल्ड ब्वायजबाट आफ्नो खेल करियर सक्न अनुरोध गरेका हुन् ।
अर्जेन्टिनी राष्ट्रपतिले समेत मेस्सी र क्लबको पुनर्मिलन चाँडै देख्ने इच्छा ब्यक्त गरेका हुन् ।

‘तिमी हाम्रो ह्दयमा छौ । र हामीले यस देशमा खेलेको देख्न पाएका छैनौ ।’ फर्नान्डिजले मेस्सीलाई पठाएको सन्देशमा भनेका छन् ।
‘हामीलाई न्युवेल्स ओल्ड ब्वायजमा आफ्नो करियर अन्त्य गरेर खुसी देउ ।’ उनले भनेका छन् ।