बाँकेमा कोरोना कहर : संक्रमितको संख्या एक हजार पुग्यो,६ को मृत्यु

भदौ १५, बाँके- समुदाय स्तरमा कोरोना फैलिरहेको बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ ।

आइतबार बाँकेमा थप १० जना कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार पुगेको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपाल टेलीकमका दुई कर्मचारी, नबिल बैंकका एक कर्मचारी, एनआइसी बैंकका दुई कर्मचारी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारार्थ एक बिरामी सहित अन्य कन्ट्र्याक्ट ट्रेसिङमा परेकासहित गरी आइतबार १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले
इमेलखवरलाई जानकारी दिए ।

जिल्ला भित्र रहेका कुल एक हजार कोरोना संक्रमितमध्ये ७ सय २७ जना निको भएर घर फर्किसकेका छन भने ६ जनाको ज्यान गएको छ ।

अब जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।