भदौ १५,कैलाली- कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोमा चार जना पक्राउ परेका छन् ।
जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया किशोरीलाई यही भदौ ११ गते सामूहिक बलात्कार गरेको अभियोगमा आइतबार ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जानकी–९ खैरीफाँटाका बर्ष १८ को लोकेन्द्र रावत, सोही ठाउँका बर्ष १८ का कुमार कडारा, बर्ष १८ शंकर विश्वकर्मा र बर्ष २० को दिपक कडारा रहेका छन् ।
पक्राउ परेका बिरुद्द जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।