भदौ १४,बाँके- मुस्लिम समुदायको पर्व मोहर्रममा यहाँको एक स्थानीय तहले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।
बाँकेको जिल्लाको सबैभन्दा बढि मुस्लिम बाहुल्य रहेको नरैनापुर गाउँपालिकाले सार्वजकि विदा दिएको हो ।
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मोहर्रममा आइतबार एकदिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवद्वारा जारी गरिएको सूचनामा समेत कोरोना कहरका बीच भौतिक दुरी कायम गरेर पर्व मनाउन आग्रह गरिएको हो ।
आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन
गाउँपालिकाबासीलाई अनुरोध समेत गरिएको हो । नरैनापुरमा कोरोनाका कारण एक जनाको ज्यान गएको छ ।