कालिकोट र जुम्लाको सिमाना नाग्ममा पहिरो जाँदा १० जना बेपत्ता

भदौ १४,कालिकोट–कालिकोट र जुम्लाको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १ को नाग्म बजारमा पहिरो गएको छ ।

सञ्चार सुविधा समेत नभएको उक्त क्षेत्रमा पहिरो जाँदा घरवटा घर पुरिएका छन् भने कम्तिमा पनि १० जना पुरिएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

जिल्ला सदरमुकाम मान्म देखि धेरै कोष टाढा रहेकोले अहिले सम्म उद्धार हुन सकेको छैन । त्यहाँका स्थानीय मुन बुढाले उक्त पहिरोले कर्णाली राजमार्ग समेत अवरुद्ध भएको छ । उनका अनुसार घरमा पुरिएकाहरुको आवाज आइरहेको र सरकारी निकायबाट तत्काल उद्धार टोली प्रभावित क्षेत्रमा पुगेमा जिवितै उद्धार गर्न सकिने अवस्था छ ।

भिरालो जमिनमा बस्ती भएको निरन्तरको वर्षाका कारण पहिरो गएको उनले जानकारी दिए । यता कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रकाश गैरैले नाग्ममा पहिरो गएको सूचना प्राप्त भएको र उद्धारको लागि पहल भइरहेको बताए ।

उनका अनुसार कालिकोटबाट उक्त स्थानमा पुग्न ४ घण्टा लाग्छ । इमेल खवरसँग टेलिफोनमा कुराकानी गदै प्रजिअ गैरेले जुम्लाबाट घटनास्थलमा पुग्न १ घण्टा लाग्ने भएकोले उताको प्रशासनसँग समन्वय भइरहेको बताए । कालिकोटबाट समेत टोली गइसकेको उनले बताए ।