अधिवक्ता-सेमन्तमणि खराल
काठमाडौ – नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय व्यापारिक पारवहन राजमार्गको रुपमा मुस्ताङको कोरलाबाट बेनी, कुश्मा, मिर्मी, पाल्पा हुँदै रुपन्देहीको बेलहिया (सुनौली) जोड्ने लक्ष्य सहित नेपाल सरकारले उत्तर–दक्षिण करिडोरको परिकल्पना गरी २०३९ सालदेखी नै ट्रयाक खोल्ने प्रयासका लागि बिभिन्न चरणमा छलफल गरिएको सुन्न पाईन्छ । त्यसको लागि केही खण्डमा उत्तर दक्षिण राजमार्गको काम अगाडि बढिसकेको अवस्था थियो । यसै शिलसिलामा सरकारले २०५७ सालमा उक्त आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकता राख्दै कालीगण्डकीको बाँकी तटीय क्षेत्रलाई समेत समेट्दै मुस्ताङ्को कोरला देखी नवलपरासीको गैडाकोटसम्म कालिगण्डकी करिडोरको नयाँ परियोजना अगाडि सारेको थियो । यो संगै गुल्मीको हर्मिचौर देखि कालीगण्डकी किनारैकिनार रुद्रबेणी, पाल्पाको रिंडी, रानीघाट, दैलातुङ्ग हुदै राम्दी सिद्धार्थ राजमार्ग तथा पिपलडाँडा, हुँगी, हेक्लाङ्ग, रामपुर हुदै नवलपरासीतर्फ उक्त योजनाको रुपरेखाले पूर्णता पाएको हो । राष्ट्रिय गौरवको आयोजनाको यस करिडोरको कामलाई ब्यवस्थित गर्न करिडोरको परियोजना कार्यालय बेनी–जोमसोम–कोरला खण्डको लागि बाग्लुङ्गमा र गैडाकोट–राम्दी–मालढुङ्गाको लागि पाल्पा बर्तुङ्गमा २०६६ सालदेखी छुट्टाछुट्टै कार्यालय स्थापना भई सोही कार्यालयहरुको मातहतमा यसको काम भैरहेकोछ । कतिपय स्थानको ट्रयाक खोल्ने कार्य नेपाली सेनालाई जिम्मा लगाएर काम अगाडि बढिरहेको छ ।
मुस्ताङ्गको कोरला देखि गैंडाकोटसम्म करिव ४३५ कि.मि. दुरीमा रहने यो कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी र त्रिशुली नदिको संगम देवघाट, क्षेत्रमा रहेका धार्मिक स्थललाई नजिक बनाउने छ । त्रिदेशीय व्यापारसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्व राख्ने आयोजनाको रुपमा अगाडि बढेको यस कालीगण्डकी करिडोरले २ प्रदेश, साविकका तीन अञ्चल एवं मुस्ताङ्, बाग्लुङ्, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) गरी ७ जिल्लाका लाखौ जनतालाई सिधा सडक सञ्जालमा जोड्ने छ । त्रिदेशीय ब्यापार, धार्मिक एवम् आन्तरिक पर्यटनको विकास, स्थानीय उत्पादनहरुको प्रवद्र्धन, निकासी, लागि त्यस क्षेत्रका लागि यो करिडोर बरदान नै सावित हुनेछ ।
कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भए पश्चात मुस्ताङ्गको कोराला नाकादेखि नवलपरासी (बर्दघाट–सुस्ता पुर्व) को गैडाकोट सम्मका कालिगण्डकीका खोचमा परी सडक सञ्जालका कारण दुर दराजमा रहेका बस्तीहरुलाई यस करिडोरले साँच्चै मुहार फेर्नेछ । यसका अतिरिक्त कालीगण्डकी करिडोरले दिने फाईदा तथा सम्भावनाहरु निम्न हुन सक्दछन् ।
क) सडक सञ्जालको सहभागिता
कालिगण्डकी करिडोरको सुरु बिन्दु मुस्ताङ्गको कोराला नाकादेखि नवलपरासी (बर्दघाट–सुस्ता पुर्व) को गैडाकोट सम्म, अन्तरराष्ट्रिय नाकादेखि, मुस्ताङ्, बाग्लुङ्, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) गरी ७ जिल्लासंग सम्पर्कमा रहेका स्थानीय तथा राष्ट्रिय सडक सञ्जालहरुका माध्यमबाट स्थानीय भेगका लाखौं जनताहरु कालीगण्डकी करिडोरमा जोडिनेछन् र यसबाट प्रत्यक्ष लाभान्वित समेत हुनेछन् ।
ख) कृषि उत्पादन तथा उपभोगमा सहकार्य
कालीगण्डकी करिडोरका माध्यमबाट हिमाल देखि तराईसम्मका करिडोर मार्गमा पर्ने उर्वरा फाँटहरु तथा कालीगण्डकीका पुल मार्फत जोडिने कालीगण्डकी करिडोर पारिका छिमेकी जिल्ला बाग्लुङ्ग, स्याङ्गजा, तथा तनँहुका कृषियोग्य भुमीमा समेत कृषिलाई आधुनीकिकरण गर्दै सामुहिक खेती, रोग/किरा, बन्यजन्तु नियन्त्रण गरी उत्पादकत्व बृद्धी गर्न र उत्पादित उपजको उपभोगका लागि नजिकका गाँउहरुमा सहकार्य समेत गर्न सकिन्छ । उक्त क्षेत्र कालिगण्डकी नदिको तटिय क्षेत्र भएकोले प्राय गर्मी मौसम नै हुने र कालिगण्डकीका कारण सिम्सार तथा ओसिलो क्षेत्र समेत भएकोले मौसमी, बेमौसमी तरकारीका साथै स्थानीय जातको मौलिक माल्भोग केरा, कागती, अमिलो (निबुवा) लिची, आँप, कटहर, भुईकटहर, माहुरी पालन एवं पशुपालनका माध्यमबाट मह, दुध, मासु तथा अण्डाको उत्पादन, संकलन समेत गरी सडकका माध्यमबाट नजिकका हाट–बजार, शहर तथा राजधानीका पाँच तारे होटलसम्म पनि सिधा सम्पर्क गरी बिक्री वितरण गर्न सकिनेछ ।
ग) होमस्टे, रिसोर्ट ब्यबसायका साथै पर्यटन प्रवद्र्धन
शालीग्रामधारी कालीगण्डकीको तटीय क्षेत्रका मुक्तिनाथ, कागवेनी, गलेश्वरधाम, बाग्लुङ्ग कालीका भगवती, सेतिवेनी, कालिगण्डकी “ए” परियोजनाको बाँध रहेको मिर्मि तथा हर्मिचौर, रिडी ऋषीकेश मन्दिर (रुरु क्षेत्र) नेपालको ताजमलहको रुपमा परिचित रानीमहल, राम्दी सिद्धगुफा रामपुर सिताकुण्ड देखि कालिगण्डकी र त्रिशुली नदीको संगम देवघाट क्षेत्र सम्मका धेरै प्राकृतीक, धार्मीक, ऐतिहासीक, साँस्कृतिक हिसावले महत्वपूर्ण स्थानहरु कालीगण्डकी करिडोर नजिकका क्षेत्रमा पर्ने भएकोले ति प्राकृतीक, ऐतिहासीक र धार्मीक क्षेत्रको प्रवद्र्धन हुन जान्छ । मनोरम अन्नपूर्ण हिमश्रृङ्खलाका अतिरिक्त हिमालको काखबाट बग्दै आएको क्षेत्रको प्राकृतिक सौन्दर्यताका कारण त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन हुने, सडकका माध्यमबाट मानिसहरुको आवतजावतको मात्रा बढ्दै जाँदा कालीगण्डकी करिडोर क्षेत्रमा बजारकोरुपमा विकासोन्मुख बिभिन्न क्षेत्र लगायतका स्थानहरुमा रहेका जात जनजातीहरुका कला, संस्कति, साँस्कृतिक पर्यटनको प्रचार–प्रसार र विकासमा समेत करिडोरले बिशेष महत्व राख्नेछ । गुरुङ्ग, मगर, बोटे लगाउतका स्थानीय जनजातीहरुको तथा बिशेष पहिचान सहितका आवासीय होमस्टे तथा रिसोर्टहरु सञ्चालन गरी, स्थानीय रोजगारी सिर्जना गर्दै स्थानीय उत्पादनको उपभोग, आर्थिकोपार्जन सहितको पर्यटन प्रवद्र्धन समेत गर्न सकिन्छ । बुद्ध जन्मस्थल लुम्विनी, रुरुक्षेत्र तथा मुक्तिक्षेत्रको भ्रमणका लागि आउने पर्यटकहरुको आकर्षणका लागि नयाँ, नयाँ एकमुष्ट प्याकेजका कार्यक्रमहरु ल्याउन सके कालीगण्डकी करिडोरबाट अझै बढी फाईदा लिन सकिने सम्भावना रहन्छ ।
घ) यात्रा, उत्पादन तथा आपुर्तिमा सहजता
मुस्ताङ्ग तथा बाग्लुङ्ग देखी बुटवल, सुनौली वा नारायणगढसम्मको यात्राका लागि कालीगण्डकी करिडोरलाई उपयोग गर्ने हो भने पोखरा हुदै आउने बुटवल वा नारायणगढसम्मको कुल सडकभन्दा कालीगण्डकी करिडोरबाट उक्त स्थानहरुका लागि यात्रा गर्दा करिव ७० कि.मि भन्दा कम दुरी हुन जान्छ भन्ने अनुमान छ । यसबाट समयको हिसावले करिब ४/५ घण्टा बाटोको समय बचत तथा यात्राको गाडी भाडा एवं निजी सवारी साधनहरुको ईन्धन समेत बचत हुन जान्छ । कालीगण्डकी करिडोरका बासिन्दाहरुले उत्पादन गरेका कृषि उपजहरुको बाह्य बजारका ब्यापारीहरु समेत त्यहाका खेत, बारिमै आएर खरिद गर्न सक्नुका साथै आफै बिक्री गर्नपनि सहज हुनेहुदाँ राम्रो बजार भाउ पाउन सकिन्छ । त्यसका अतिरिक्त चीन तथा भारतवाट आपुर्तिहुने खाद्यान्न, लत्ताकपडा तथा अन्य सामाग्रीहरुको ढुवानी खर्चको लागत समेत घट्ने हुदाँ सामानको मुल्य पनि कम पर्ने भएकोले ब्यापारी तथा आम उपभोक्ता समेत प्रत्यक्षरुपमा लाभान्वित हुन सक्दछन् ।
ङ) उद्योग धन्दा, विद्यालय, अस्पताल स्थापना एवं स्थानीय रोजगारी
सडक सञ्जालका माध्यमबाट कच्चा पदार्थको आपुर्ती तथा उत्पादित सामाग्रीको बिक्री वितरण गर्न सहज हुने र बजारले समेट्ने क्षेत्र समेत फराकिलो हुने हुदाँ बालुवा, गिट्टी तथा नदिजन्य कच्चा पदार्थको उपलब्धता समेत सहजरुपबाट हुने हुदाँ कालीगण्डकी करिडोरका उद्योग स्थापना गर्न सम्भावित क्षेत्रहरुमा ठूला, मझौला तथा साना खालका उद्योग स्थापना गर्न सकिन्छ । त्यसै गरी अत्यावश्यकीय सुबिधा सहितका अस्पतालहरुको स्थापना गर्न सकिन्छ । हालका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै आवश्यकता अनुसार थप विद्यालयहरु समेत स्थापना गर्न सकिन्छ । शिक्षा तथा स्वास्थ्य उपचारको उचित प्रवन्ध हुने र यी माध्यमहरुबाट रोजगारी सिर्जना भएमा युवा विदेशिने तथा छोराछोरी पढाउनकालागि शहर बस्नु पर्ने बाध्यता हट्दै जाने र युवाहरु आफ्नै गाँउमा बस्न सक्ने अर्थात युवा पिंढीलाई आफ्नै पिंडिमा बस्न सक्ने वातावरण बन्ने हुदा बाँझिएका हाम्रा खेतबारी क्रमशः हराभरा हुदै जान थाल्नेछन् ।
च) धार्मीक करिडोरको सम्भावना
हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सिद्धार्थ राजमार्ग मार्फत सीधा जोड्ने एउटै मार्ग हुनु यसको एउटा महत्वपूर्ण पक्ष हो । कालिगण्डकी सभ्यतासंग जोडिएका देवघाट, राम्दी, रुरुक्षेत्र, रुद्रबेणी, सेतीवेणी, बागलुङ् कालिका, गलेश्वरधाम, कागबेनी र मुक्तिनाथजस्ता हिन्दुहरुको प्रख्यात धार्मिक पबित्रस्थलहरु कालीगण्डकी करिडोरसंगै रहेकोले ति स्थल तथा करिडोर क्षेत्रका नजिकका अन्य महत्वपूर्ण धार्मीक महत्वका स्थलहरुलाई समेत समेटेर धार्मिक यात्राको प्याकेज तयार एवं प्रचारप्रसार गरी कालीगण्डकी करिडोरलाई धार्मीक करिडोरकारुपमा विकास गर्न सकिने प्रचुर सम्भावना समेत रहकोछ
छ) ¥याफ्टिङ् (जलयात्रा) को सम्भावना
कालीगण्डकी ए जलविद्युत परियोजना सुरु हुनु अगाडिसम्म कालीगण्डकीमा जलयात्राका लागि बार्षिक हजारौं पर्यटकहरु आउने गर्दथे । स्याङ्जाको मिर्मीबाट बेलटारीमा कालिगण्डकीको पानी डाईभर्सन गरिएपछि यस क्षेत्रमा उक्त ब्यवसाय पूर्णरुपमा ठप्प नै भएकोछ । यद्यपी त्यसलाई पुनः सञ्चालन गराउनका लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी राम्दीमा कालीगण्डकी महोत्सव लगायतका कार्यक्रम मार्फत निरन्तरता दिने प्रयास गरिदै आएको छ तर यसले अपेक्षीत सफलता पाउन सकिरहेको पाइदैन । यदि कालीगण्डकी करिडोरको निर्माण कार्य सम्पन भई नियमितिरुपमा यातायातका साधनहरु सुचारु हुने हो भने मालढुङ्गा देखि मिर्मि, रिंडी देखी दैलातुङ्गसम्म तथा राम्दी देखी देवघाटसम्मको छोटो दुरीको ¥याफ्टिङ् (जलयात्रा) को सम्भावना समेत रहेकोछ ।
खोजी गर्दै जाने हो भने कालिगण्डकी करिडोरले यि लगायत थुप्रै सम्भावनाका ढोकाहरु खोल्न सक्ने अपेक्षा गर्न सकिन्छ तर करिडोर निर्माणकाक्रममा स्थलगतरुपमा भएका केही हेलचक्र्याईका कारण त्यस क्षेत्रका बासिन्दाहरुले धेरै नै कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
क) वातावरणीय प्रभावको उचित मुल्यांकनमा कमीः
करिडोर निर्माणक्रममा वातावरणीय प्रभाव मुल्यांकन र प्रभाव न्यूनिकरणका लागि न्यूनतम मापदण्डहरु पनि अपनाईएको पाईदैन । कालिगण्डकी करिडोर कालिगण्डकी तटिय क्षेत्रबाटै निर्माण हुनु नै यसको मुख्य बिशेषता हो, यद्यपी करिडोरको निर्माण क्षेत्र प्राय भिरालो पाखो हुने र यसको निर्माणका क्रममा निस्कने माटो सिधै कालिगण्डकीमा फ्याकिने गरिएकोले स्वच्छ, सङ्लो, निर्मल निलो पानी बग्ने कालिगण्डकी नदी अहिले आएर दुधको चिया जस्तै धमिलो पानी बग्ने भई पूर्णरुपमा प्रदुषित छ । यसवाट एकातिर कालिगण्डकी नदीमा पाईने जलचरहरु पूर्णरुपमा लोप भैसकेको अवस्था छ भने, अर्कोतिर नेपालको ताजमहलकोरुपमा परिचित पाल्पाको रानीमहल लगायत तटीय क्षेत्रका अन्य धार्मिक, ऐतिहासिक सम्पदाहरु पाहिरोको कारण जुनसुकै बेलापनि क्षतीहुने ठूलो जोखिम बोकेर बसीरहेका छन् ।
ख) खेतीयोग्य भूमी पानीका मूलहरुको उपेक्षाः
कालिगण्डकी नदिका किनारमा रहेका बेशीका फाँट तथा टारहरु बास्तवमै अन्न भण्डारका रुपमा रहेकाछन् । करिडोरका परियोजनाको निर्माणको अवस्था हेर्ने हो भने बिना कुनै दुरदर्शिरुपमा यो योजना सञ्चालन गरिए जस्तो लाग्दछ । परियोजनाका लागि बातावरणीय प्रभाब मुल्यांकन, प्रभावित क्षेत्रका जनताहरु बिचमा सार्वजनिक सुनुवाईको प्रयाप्त अवसर पनि दिईएन र परियोजनाको बिस्तृत प्रक्षेपण (सर्भे) पनि कसरी गरियो ? कुनै कुरा पारदर्शी भएको देखिदैन । यस करिडोर क्षेत्रमा उब्जाउ खेतवारीहरुमा मनपरी जस्तै डोजर चलाईएका छन् । करिडोर निर्माणका क्रममा पर्ने जग्गाधनीहरुको जग्गाको क्षतीपुर्ति, मुआब्जा दिने कुरा त कहि कतै गुन्जायस पनि छैन र स्थानीय जनताको गुनासो पनि छैन तर करिडोर निर्माणकाक्रममा ठेकेदारका लापरबाहिका कारण सिंचाई गर्ने कुलो भत्काईएका छन्, पुरिएकाछन्, किसानहरुले बाह्रै महिना खेतीहुने उर्बराभूमीहरु करिडोर निर्माणका कारण बाँझीएको खेतबारीहरु टुलुटुलु हेर्दै जीबिकोपार्जनका लागि अन्य बिकल्प खोज्न बाध्यछन् । करिडोर क्षेत्रमा त्यसरी क्षती पुगेका सयौं कुलोहरुको निर्माण र मरम्मत सम्भारका लागि कुनै जिम्मेवार निकायले चासो राखेको पाईदैन । जसका कारण लाखाँै रोपनी उब्जाउभूमी सिँचाई बिहिन भएकाछन् । उदाहरणका लागि पाल्पाको बगनासकाली गाँउपालीकाका २ वटा वडाहरुमा मात्रै करिव ३,००० रोपनी क्षेत्रफलको सिँचाई क्षमता भएका ७ वटा सिंचाई कुलाहरु पूर्णरुपमा क्षति पुगी सञ्चालन हुन नसक्ने अवस्थामा रहेकाछन् । त्यसैगरी बिभिन्न बस्तीहरुमा खानेपानीका मुलहरु पुरिएकाछन् र खानेपानीका पाईप, धाराहरु क्षतबिच्छेद पारिएकाछन् । स्थानीय जनताहरुले केही आवाज उठाएमामा सामान्य मरम्मत गरिदिने अन्यथा डोजर लगाउने र सम्पर्क बिहिन हुने गरेको गुनासो स्थानियबासीहरुले गरेको पाईन्छ ।
ग) ट्रयाक खोल्ने कार्यमा उदासिनताः
गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पु¥याउने अवधारणा सहित सुरु भएको यो कालीगण्डकी करिडोरको अन्यत्र ट्रयाक खुलीसकेको र बिस्तारको काम समेत सुरु भैसकेको छ । तर बिडम्बना हाम्रै पाल्पा खण्ड अन्र्तगत रानीघाट–छेर्लुङ्ग खण्ड, यम्घा–मन्द्रान खण्ड तथा राम्दी–दर्पुकखण्डमा ट्रयाक खोल्ने काम अझै बाँकी रहँदा समग्र करिडोरको ट्रयाक खोल्ने कार्यले अझै पूर्णता पाँउन सकेको छैन । यो काम किन ढिलाई भैरहेकोछ ? कहिले यो कार्य पुरा हुन्छ भन्ने जवाफ खोज्दा प्रकृयामै रहेको भन्ने बनिबनाउ जानकारी पाईन्छ ।
त्यसैले यस कालिगण्डकी करिडोरको निर्माण र सम्पन्नता पश्चात् हुनसक्ने तमाम राम्रा पक्षहरुका बाबजुद यसको निर्माणक्रममा गरिएका हेलचक्र्याईका कारण प्रत्यक्षरुपमा लाभान्वित हुने समुदायका पिडाहरु बढिरहेकाछन् । आशा छ यसका लागि सम्वन्धित निकायको उचित ध्यान जानेछ । यसका लागि यथासिघ्र उक्त ट्रयाक खोल्ने र सडक सुधार एवं विस्तारको कामलाई तिब्रता दिने कार्यले समेत प्राथमिकता पाउनेछ ।
लेखक गित संगित तथा सामाजिक अभिन्यताको रुपमा कृयाशिल छन् ।