पशुपति कोईराला
अर्को मानिस देख्योकी मन लाग्न थालेको छ लुक्न
मै हुँ भन्ने पनि एउटै धरातलमा आएका छन् झुक्न ।
घरछेउँको पसलमा सामान किन्न जान मन लाग्न छाडेको छ
भनौ भने आफ्नै घरको ढोका खोल्न मन लाग्न छाडेको छ ।
सँधैँ अतिथिको सेवामा तत्पर हुने मन बनेको छ कठोर
ढोकामा कोही आयो भने मन अँध्यारो हुन थाल्छ घोर ।
जतागए पनि चोरले जस्तो सँधैँ नाकमुख लुकाउनु परेको छ
हिँड्नै परे पनि आफ्नै हात लुकाई शीर झुकाउनु परेको छ ।
मानिसले मानिसलाई आँखा तर्ने बेला आएको छ
अर्कालाई होइन आफैलाई शङ्का गर्ने बेला आएको छ ।
महाशक्ती मै हुँ भन्नेको शक्ती क्षीण भएको परेको छ सुन्नु
अल्पशक्तीवालाहरुको त गल्दैछ राज परेको छ ताना बुन्नु ।
जान्नेको भन्दा नजान्नेको ओइरेको छ अर्ती
जनतालाई बुझ्न गाह्रो भएको छ यो धर्ती ।
कस्तो समय आयो अरुले बचाउला भन्ने आश हरायो
घरको घेरा नै अचुक वाण भनी भित्र बाहिर करायो ।
जागीरमा जान मन लाग्न छाडेको छ
लेख पढ् गर्न झन विस्मृति गाडेको छ।
चुनावको परिणाम जस्तो छिनिएको जीवन टाढाको सलामी
मायाँको पोको मूल्यविनाको जीन्सी भएको छ बेगर मलामी ।
नजिकको छिमेकी पनि विरानो भयो आफ्नो त परै जावोस्
बादलमा भएको चाँदीको घेरा हटेर सर्वत्र कान्ति छाओस्।
भयको बास गरिरहेको छ कुनामा सानो
मन शान्तीको लागि भरमा छ गुर्जी गानो ।
त्रास कायमै छ कोरोनाको कहिले शान्त हुन्छ कहर
आश छ सबैतिर निश्चयनै बन्नेछ छिटै यसको जहर ।