भदौं १२, काठमाडौं बाग्मती प्रदेशमा शुक्रबार साझ सम्ममा ६६०५ कोरोना संक्रमण पुष्टि भएको छ ।
यस प्रदेशमा देशको कुल संक्रमणको करिव सत्र प्रतिशत (१७.०७५) संक्रमण रहेको प्रदेश स्थित सामाजिक बिकास मन्त्रालयका प्रवत्ता पुरुषोतम राज सेढाईले बताए ।
त्यस्तै प्रदेशमा मृतकहरुको संख्या पनि बढ्दै गइरहेको छ । सेढाईका अनुसार प्रदेशमा हालसम्म ४२ जनाको दुःखद् निधन भएको छ ।
हाल देशभर संक्रमितको संख्या ३६४५६ पुगेको छ भने मृतकको संख्या १९५ पुगेको छ ।