भदौ १२, सुर्खेत ।
कोरोना संक्रमित बढेपछि सुर्खेतको वीरेन्द्रनगरमा लागु गरिएको निषेधाज्ञा हटाइने भएको छ ।
आज राती १२ बजेबाट लागु हुने गरि निषेधाज्ञा हटाइने भएके हो ।
भदौ १ गतेबाट लागु गरिएको निषेधाज्ञा १३ दिनपछि आज रातीबाट हटाइन लागिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका प्रशासकिय अधिकृत पदमलाल आचार्यले निषेधाज्ञा अवधिमा वीरेन्द्रनगरमा कोरोनाको दर केही नियन्त्रणमा आएकाले दैनिक जीवनयापन सहज बनाउनको लागि निषेधाज्ञा हटाइएको हो ।
उनका अनुसार सुरक्षाका मापदण्ड अनिवार्य अवलम्बन गरेर अर्को निर्णय नहुँदासम्मका निषेधाज्ञा हटाइएको हो ।
यस्तै, ८ बुदा जारी गर्दै कार्यालयले कोरोना संक्रमणको दर फैलिन नदिन मापदण्ड अपनाए नअपनाए बारे अनुगमन गर्ने पनि जनाएको छ । कोरोनाबाट कर्णालीका अन्य जिल्ला समेत प्रभावित भएका छन् ।