भाद्र १२,बाँके,
बाँकेमा १३ वर्षीय बाललाई अपरण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बालक अपहरण गरी परिवार सँग फिरौती माग्ने व्यक्तिलाई बाँके प्रहरीले तीन दिनपछि पक्राउ गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै बाँके प्रहरीले अपहरणमा संलग्न नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २७ वर्षका कल्लु भनिने कलिम खाँलाई सार्वजिनक गरेको हो ।
प्रहरीका अनुसार उनले खजुरा गाँउपालिकाका १३ वर्षीय बालकलाई अपहरण गरेका थिए । अपहरण पछि खाँले बालकका परिवार सँग १० लाख फिरौती माग्दै आएका थिए ।
प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले खाँले बालकको परिवारसँग फरौती स्वरुप १० लाख रुपौयाँ माग गरेको सूचना प्राप्त भएसँगै अनुसन्धानमा जुटेको प्रहरीले तिन दिनको प्रयासपछि बालकलाई अपहरणमुक्त बनाउन सफल भएको बताए ।