भदौ ,१२ काठमाडौ – नेपाल दलित मुक्ति संगठन केन्द्रीय समितिले दलित समुदाय माथि देशभर भइरहेका श्रृखलाबद्ध हत्या, हिंसा र विभेद प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनले रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ निवासी निरन्जन रामको हत्या आंशकामा नेपाल प्रहरीद्धारा पक्राउ गरि हिरासतमा राखिएका विजयराम चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीको निगरानीमा भएको शंकास्पद मृत्यु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘प्रहरी हिरासतमा भएको उक्त घटना अमानवीय हो । प्रहरी बाटै भएको उक्त घटनाका दोषि माथि कारबाहीको माग गर्दछौ ।’ संगठनका सह इन्जार्च तथा सह संयोजक बोमबहादुर विश्वकर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनामा परिवारले दोषि माथि कारबाहीको लागि जायरी समेत दिइसकेको छ ।
यस्तै गत जेष्ठ १० गते भएको रुकुम नरसंहारपछि देशभरका दर्जनौ दलितहरुले ज्यान गुमाएको उल्लेख गर्दै यस्ता घटनामा न्यायिक छानविन हुनु पर्ने समेत माग गरिएको छ ।