भादौ १२, काठमाडौ – झापाको बिर्तामोड नगरपालिका ७ बस्ने १० बर्षीया अंसारी खातुनको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनावारे अन्य अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर बालीकाको मृत्यु
