थपियो निषेधाज्ञा, भदौ १७ गतेसम्म लागु हुने

भदौ १०, काठमाडौं उपत्यकामा भदौं १७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ ।

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ ।