भदौं ९, काठमाडौं – आज देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ संक्रतिम थपिएको जानकारी दिए । यो संगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
त्यस्तै देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ ।
गैतमका अनुसार मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । यो सँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।