कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो

भदौं ५, काठमाडौं – कोरोना संक्रमणबाट थप ११ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले पत्रकार सम्मेलनमा मृत्यु भएको औपचारिक पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।