भदौं २ काठमाडौं – राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ बर्षमा निधन भएको छ । मंगलबार साँझ लैनचौरस्थित निवासमै उनको मृत्यु भएको हो ।
उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी लगायतका कृति चर्चित छन् ।
१९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।
उनको मृत्यु भएपश्चात अहिले सामाजिक सञ्जालमा समवेदना प्रकट भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले घिमिरेको सम्झनामा फोटो राख्दै समवेदना प्रकट गरेका छन् । समवेदना प्रकट गर्नेहरुमा राष्ट्रपति , प्रधानमन्त्री, राजनितीकर्मी देखि लिएर बिभिन्न क्षेत्रका ब्यत्तिहरु रहेका छन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले घिमिरेको निधनको खवर आफु स्तब्ध भएको बताउदै ट्वीटरमा समावेदना प्रकट गरेकी छन् । उनले लेखेकी छन् ‘राष्ट्रकविको माधवप्रसाद घिमिरेको खबरले स्तब्ध भएको छु । काब्य र कविताको माध्यमबाट राष्ट्र,राष्टियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाले पुर्याउनु भएको योगदानलाई सम्झिरहने छौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली शोकह्विल परिवारमा समवेदना’
प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेसंगको फोटो राख्दै नेपालको साहित्यर वाडमयका एक बिशिष्ट साधक गुमाएको बताएका छन् । उनले लेखेका छन् ‘राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले फेसबुकमा घिमिरेको फोटो राख्दै लेखेका छन् ‘असंख्य उदाहरण बनेर महाबिश्रममा जानु भयो अत्यन्तै आदरणीय र श्रद्धेय राष्ट्रकबि माधवप्रसाद घिमिरे । हार्दिक श्रद्धान्जली । एक युग बांच्नु भयो, युग युग अमर रहनु हुनेछ।’
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले घिमिरेद्धारा रचित कविता नेपाली हामी रहौला कहां नेपाल नै नरहे का केहि हरफ लेख्दै समवेदना प्रकट गरेका छन् ।
मानवअधिकारकर्मी मोहना अन्सारीले घिमिरेका कविताका केहि हरफहरु लेख्दै समावेदना प्रकट गरेकी छन् ।