भदौ २, काठमाडौ – गए राती परेको भारी वर्षातको कारण पोखरा महानगरपालिका ३१ बेगनास डाँडापारी बस्ने जुट बहादुर बि.क को घर भत्किएको छ ।
ढुङ्गा माटोले बनेको भान्छा घरको साईड पट्टि पहिरो खसी भान्छा कोठा र संगै रहेको बाख्राको खोर पूर्ण रुपमा क्षती भएको छ । मानविय तथा चौपायमा क्षती नभएको प्रहरीले जनाएको छ ।