भदौं २ काठमाडौं — कोरोना भाइरस संक्रमणबाट एकै दिन ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण बिगत २४ घण्टमा ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला छिन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।