युरोपा लिग – इन्टर मिलान फाइनलमा

 

भदौं २, एजेन्सी – इटालियन क्लब इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा युक्रेनको शख्तर डोनेट्स्कलाई ५-० गोलले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो ।

उसको जितका लागि लउटारो मार्टिनेज र रोमेलु लुकाकुले २-२ र डानिलो एम्ब्रोसियोले १ गोल गरे ।

जर्मनीमा भएको खेलमा १९ औँ मिनेटमा मार्टिनेजले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

उपाधिका लागि इन्टरले शुक्रबार सेभियासँग खेल्ने छ ।