आज थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि

भदौं १, काठमाडौं –  नेपालमा आज थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।