सुन आयात ६० प्रतिशतले घट्यो

 

साउन ३२,काठमाडौं गत आर्थिक वर्षमा सुन आयात ६० प्रतिशतले घटेको छ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७६र०७७ मा सुनको आयातमा भारी गिरावट आएको हो।

अर्थका अनुसार गत वर्ष १३ अर्ब ६४ करोड रूपैयाँको सुन आयात भएको छ।

अघिल्लो वर्ष ३४ अर्ब ६४ करोड रूपैयाँ बराबरको आयात भएको थियो।