साउन २२, काठमाडौं –बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।