साउन २१, काठमाडौं – रुकुमको चौरहजारीमा गत जेठ १० अन्तरजातीय बिबाह गर्ने क्रममा छ जनाको हत्या भयो । उक्त हत्याको बिरुद्ध पिडित पक्षलाई न्यायका लागि बिभिन्न तरिकाले आन्दोलन भइरहेको छ ।
यसै क्रममा स्पिक अगेन्स कास्ट सिस्टम र मझुवा बगर जनकला मन्चको सहकार्यमा आज किर्तिपुरको नयाँबजार चोकमा पर्फमेन्स आर्ट प्रस्तुत गरेका छन् ।
पर्फमेन्स आर्टका माध्यमबाट कलाकारले समाजमा रहिरहेको जातिय व्यवस्था र त्यसले सृजित गरेको पिडा र असरबारे केन्द्रित हुदै मनुवादबारे प्रश्न गरेका थिए ।
रुकुम नरसंहार र अन्य जातिय आधारित हत्या हिंसाले आफुहरुलाई मर्माहित पारेको र त्यसैको विरुद्धमा विभिन्न ठाउँमा पर्फमेन्स आर्ट गर्दै आइरहेको कलाकारहरुले बताए ।
दलित पुर्नजागरणको आवश्यकतालाई उल्लेख गदै जातिय विभेद विरुद्ध राजनैतिक आन्दोलन सँगसँगै कला, सहित्यका माध्यम बाट पनि आन्दोलन गर्न जरुरी रहेको आन्दोलनका संयोजक रवि सेन्चुरीले बताए । उनले भने ‘ राजनैतिक आन्दोलन संगसंगै कलामार्फत पनि आन्दोलन गर्न जरुरी ठान्यौ, जसले गर्दा जाति आधारित कथाहरु माथि प्रश्न गर्न सकियोस ।’