साउन २०, काठमाडौ – नेपाल क्रिकेट सङ्घ ९क्यान० ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो ।
हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए । क्यानले २९ जिल्लालाई भने ५० हजारका दरले बजेट उपलब्ध गराएको छ ।
“बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौँ”, उनले भने । जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो । यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि १० हजार सहयोग गर्दै आएको थियो । क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई एक लाख तथा प्रदेशलाई तीन लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ ।
हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ । क्यानले प्रदेश र जिल्लालाई गरी कूल २० लाख ५० हजार निकासा गरेको सिंहले बताए । रासस