असार ३०, काठमाडौ –डा. मिनाक्षी दाहाल इसिडी एक्पर्ट हुन । उनि लामो समय देखि शिक्षा क्षेत्रमा कृयाशिल छन । कोभिड–१९ पछि अनलाईन कक्षा मार्फत विद्यार्थीको पढाइलाई निरन्तरता दिन समेत लागिरहेकी छन । अहिले चलिरहेका अनलाइन कक्षामा सृमान्तकृत समुदायको पहुँच विषयमा केन्द्रित रहि डा.दाहालसंग इमेल खवर डट कमले कराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अशं ।
विद्यार्थीहरुका लागि अहिले सञ्चालन रहेका अनलाइन कक्षालाई कसरी हेर्नु भएको छ ?
अहिलेको समयमा विद्यार्थीका लागि अनलाइन कक्षाहरु सञ्चलन भइरहेका छन् । १ /२ वटा कक्षामा म प्रत्यक्ष रुपमा हेरेको छु । अन्य धेरै कक्षहरुलाई पनि अप्रत्यक्ष रुपमा पनि हेरिरहेको छु । अहिले संचालन भएका कक्षाहरुलाई सकारात्मक र नकारात्मअक दुइ तरिकाबाट हेर्न सकिन्छ । सकारात्मक के भने अभिभावक र तिनिहरुलाइ अनलाइन कक्षाले केहि समाधान दिएको छ ।
अर्को नकारात्मक पक्ष भनेको बालबालिकाको मनोभावना बुझेर कक्षा सञ्चालन भएको पाउन गारो छ । लामो समयसम्म कक्षा सञ्चालन हुने भएकाले बालबालिका पढाइमा रमाउन सकेका छैनन । कक्षा कसरी सञ्चालन भइरहेको छ ? कति बालबालिका नियमित छन् ? भनेर अध्ययन पनि हुन सकेको छैन ।
के अनलाइन कक्षाहरुले नेपालका सबै बिद्यार्थीहरुलाई समेटेको छ त ?
अनलाइन कक्षाले सबै बालबालिकालाइ समेटेको छैन । एक त अनलाइनको पहुंचमा सबै बालबालिका छैनन् । रेडियो, टेलिभिजन, अनलाइन नेटवर्क मार्फत बैकल्पिक शिक्षा भनेर बुझदा पनि सबैले सुन्छन र पढ्छन भन्ने सुनिश्चितता छैन । यसले केहि वर्गलाई समेटेको छ र सिमान्तकृत बालबालिकाहरुको सन्र्दभमा उनिहरु पहुंच बाहिर छन् । सामान्य अवस्थामा बिद्यालय आउन समस्या भएको सिमान्तकृत बालबालिकालाई भर्चुअल शिक्षा टाढाको कुरा भएको छ ।
अहिले चलिरहेका अनलाइन कक्षामा सिमान्तकृत बालबालिकाहरुको अवस्थालाई कसरी मुल्यांकन गर्नु भएको छ ?
अहिले चलिरहेको अनलाइन पढाइ भनेको पहुंच हुनेहरुका लागि मात्र जस्तो छ । तथ्यांकलाई हेर्दा पनि २५ प्रतिशत बिद्यार्थीहरुले मात्र अनलाइन कक्षा लिएको पाइएको छ । यसमा पनि सिमान्तकृत समुदायका बालबालिकाको लागि पहुंच पुर्याउन बांकी नै देखिन्छ । सिमान्तकृत बिद्यार्थीहरुका लागि बिशेष कार्यक्रम आवश्यक छ ।
तपाईको बिचारमा सिमान्तकृत बिद्यार्थीहरुको पहुंच सम्म यो अवस्थामा पठनपाठनलाई कसरी अगाडि बढाउन सकिन्छ ?
सामान्यतय बैकल्पिक शिक्षाले समानता ल्याउन सक्दछ भनिन्छ । जो वर्ग बिद्यालय आउदैनन । तिनीहरुका लागि यस्तो शिक्षाले सहयोग गर्दछ । तर हाम्रो जस्तो आर्थिक र भौगोलिक असमानता भएको ठांउमा चांहि समस्या नै छ ।
यस्तो अवस्थामा दुइवटा बिधि लागु गर्न सकिन्छ । एक त शिक्षकहरु परिचालन गर्नुपर्दछ । जसले बालबालिका पढाउन मद्धत गरुन् । अर्को बिधि भर्चुअल कक्षालाई सहजीकरण भयो भएन भनेर अध्ययन गर्नुपर्दछ । कति बालबालिका अध्ययनरत छन् र कति पहुंच बाहिर छन् । तथ्यांक संकलन गर्न सकिन्छ । तथ्यांकको आधारमा अध्ययनमा थप सहजीकरण गरेर थप बैकल्पिक माध्यम लागु गर्न सकिन्छ । यसो गरे सिमान्तकृत समुदायका विद्यार्थीका लागि अनलाइन कक्षा प्रभावकारी हुन सक्छ ।
नेपालमा अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?
बिदेशमा बालबालिकालाई पाठ्यक्रमलाई आधार बनाएर क्रियाकलापमा जोड दिइन्छ । त्यो अनलाइन कक्षा प्रभावकारी हुन्छ । नेपालमा पनि अहिलको अवस्थामा क्रियाकलपालाई नै जोड दिनुपर्दछ । जसले गर्दा बालबालिकाले मनोरञ्जन संगसंगै शिक्षा लिन सकुन । परिवेश अनुसार क्रियाकलाप अनुसार शिक्षा दिनुपर्दछ । बालबालिकाहरुको तह अनुसार सिकाइ क्रियाकलापलाई अगाडि बढाउन सके प्रभावकारी हुन्छ ।