असार २५, काठमाडौं – लामो सयमदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधन चलाउन सरकारले अनुमति दिएको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी साधन चलाउन दिने निर्णय गरेको बताए ।
खतिवडाले उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् ।
सरकारको यो निर्णय अनुसार उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।