असार २०, काठमाडौं – नेपालमा आज थप २३२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुलाई संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १५ हजार चार सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना जित्नेहरुको संख्या ६ हजार चार सय १५ पुगेको छ।