‘जय जय नेपाल’ मा प्रदिपको अभिनय –हेरौ भिडियो

असार १४, काठमाडौं– फिल्मी क्षेत्रमा चर्चित अभिनेता प्रदिप खड्का म्युजिक भिडियोमा देखिएका छन् ।

‘जय जय नेपाल’ बोलको गीतमा उनको अभिनय देख्न सकिन्छ ।

सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको भिडियोमा प्रदीपको फकर लुक्स देखिएको छ ।

हाल गीतको टिजर मात्र सार्वजनिक भएको छ । पूर्ण भिडियो सार्वजनिको तयारीमा रहेको बताइएको छ ।