निर्मला दाहाल
महामारीमा जोगिन घरमै बस्नु पर्ने
काम छैन दाम छैन खान कस्ले दिने
महामारीले गर्दा खेरि बस्यौ भोकभोकै
हुनेखानेलाई केहि छैन हुदा खानेलाई शोकै ।
महामारीलाई जेनतेन जित्ने आसा थियो
भोकमरीले किन छोड्थ्यो झ्याम्मै गाजी हाल्यो
भोकमरीले कसैलाई किन त्यसै छोड्थ्यो
कस्तो निर्दयी हो भोकमरी मृत्यु संगै जोड्यो ।
दिनदिनै काम गर्दै बालबच्चा पाल्थे
काम नगरी पुग्ने भए घरमै बसिहाल्थे
काम गरौ सब बन्द महामारीले गर्दा
घर भित्रै मर्ने गरीब भोकमरीले गर्दा ।
विदेशबाट आएकाहरु नै भोकभोकै भाछन
महामरिबाट बच्न क्वारेन्टाइन गाछन
हिड्दा हिड्दै थाकि सक्यो हात, खुट्टा जीउ
गाउँघरमा राख्न पाको छैन अन्नपातको बिउ ।
सबै यूवा विदेश मै छन् खेतबारी बाझै
लौन बचाँउ भोकमरी बाट हे मेरो राजै
कोरोना लागी मर्नु भन्दा भोकै बाच्न गाह्रो
एक जिउ भए बाच्थे होला दुइ जिउ भयो साह्रो ।
कोरोना संग लड्न भनि खडा भयो कोष
भोकमरीले खान नपाई छैन केहि होस
कोषको पैसा खर्च गर कोरोनाको लागि
सारा संसार दुःखी राछ कहाँ जाँउ भागि ।
क्वारेन्टाइनमा बस् भनेउ सेवा केहि छैन
के हामी निमुखाको जीउ ज्यान हैन
कोरोना बाट बच्ने भनि खाद्यौ स्कूल तिर
निरोगि नै थिए म रोगि हुन्छु भन्ने पिर ।
कोरोनाको नियन्त्रणमा कोषमा रकम कति
नियन्त्रण नै गर्ने भए पुग्छ आधाले नै जति
महामारी छदै थियो भोकमरीको कहर
भोकै बस्नु राहात माग्नु होइन हाम्रो रहर ।
धनि गरिब बिचमा खाडल धेरै गहिरो गहिरो
गरिब माथि महामारीको ठुलो ठुलो पहिरो
कहाँ जाँउ के गरौ चारै तिर सुन्य
हुनेहरु सहयोग गरौ यहि नै हो पुण्य ।