असार ६, कास्की – आज बिहान गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
नयाँ संक्रमित प्रदेशका ७ जिल्लाका रहेका छन् । जसमध्ये तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ जना , स्याङजामा १, बाग्लुङमा ८ जनामा कोरोना देखिएको हो ।
यससँगै अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।