असार ३, काठमाडौं – दूधपोखरी गाउँपालिका– ६ का अपाङ्गता भएका विकल गुरुङले घरमै नागरिकताको प्रमाणपत्र पाएको छन । शारीरिक र मानसिक दुवै अपाङ्गता भएका स्थानीयवासी नरबहादुर गुरुङका छोरा विकलले २३ वर्षका उमेरमा नागरिकता प्रमाणपत्र प्राप्त गरेका हन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतको टोली उहाँको घरमा पुगेर प्रमाणपत्र वितरण गरेको थियो । नागरिकता प्रमाणपत्रबाट कोही पनि नेपाली नागरिक वञ्चित हुन नहुने प्रजिअ शर्माले बताए । यसरी घरमै नागरिकता पाएपछि गुरुङको परिवारले खुशी व्यक्त गरेको थियो ।रासस