जेठ २२, काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता बिकास देवकाटाले बताए ।
उनका अनुसार मृतक पुरुष केहि समय अगाडि भारतबाट फर्किएका थिए । क्वारेन्टाइनमा रहेका उनमा श्वासप्रश्वास समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो ।
उनको गत २० गते मुत्यु भएको देवकाटाले जानकारी दिए । उनको स्वाब परिक्षणको क्रममा कोरोना पोजेटिभ आएको हो ।
यो संगै मृत्यु हुनेको संख्या १० पुगेको छ ।