निको भएर घर फर्किए बाँकेका २१ जना संक्रमित

 

जेठ ९, काठमाडौं – बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई अस्पतालले डिस्चार्ज दिएको हो ।