कोभिड १९ बाट नेपालमा एक महिलाको मृत्यु

जेठ ३, काठमाडौं – उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा लैजादै गर्दा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सुत्केरी महिलाको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाकै कारण मुत्यु भएको बताएका छन् ।

मृतक महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको थियो।

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिदै थियो ।