जेठ १, काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पताल स्थित आइसोलेसन कक्षमाबाट भागेका दुई संक्रमित पक्राउ परेका छन् ।
उनिहरु बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए । दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए ।
विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार नै साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ ।
अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति मावलीबाट प्रहरीले पक्राउ गरेको छ ।