बैशाख २४, काठमाडौं – वीरगञ्जमा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको देवकोटाले जानकारी दिए ।