– प्रेमबहादुर सिंह
वैशाख १८, काठमाडौ – पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन् । आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखा परेका महामारीहरुदेखि कोभिड–१९ को महामारी यसैका उदाहरणहरु हुन् । “सबैजसो जीवाणु, विषाणु र परजीवीहरुले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जीवाणु वा विषाणुहरुले कहिलेकाहीँ महामारीको रुप पनि लिन्छन् ।” (ड.झलक गौतम) कोभिड–१९ महामारी यसैको पछिल्लो कडी हो ।
प्रागैतिहासिक कालदेखि आधुनिक कालसम्म अनेक प्रकारका रोगव्याधिका कारणले महामारीका घटनाहरु घटेका छन् । आदिम कालदेखि आधुनिक युगसम्म घटेका केही ऐतिहासिक महामारीहरुबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
१. प्रागैतिहासिक महामारी ३००० ईसापूर्व दक्षिणी चीनको ‘हेमिन् मंघा’ र ‘मियाओजिगोयु’ भनिने पुरातात्विक महत्वको क्षेत्रमा फैलिएको महामारीले समस्त बस्तीलाई नै ध्वस्त बनाएको थियो । उक्त महामारीमा सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण मानिसको मृत्यु हुन गई उक्त बस्तीलाई एउटा चिहानमा परिणत गरिदिएको थियो । चीनको यो क्षेत्र आज विश्वसम्पदा क्षेत्रमा सूचीकृत भएको छ ।
२ एथेन्सको प्लेग ४३० इसापूर्व एथेन्समा ज्वरोको महामारी फैलिएको थियो । पाँच वर्षसम्म फैलिएको यो महामारीबाट एक लाख मानिसको मृत्यु भएको थियो । एथेन्स र स्पार्टाबीच भएको लडाइँमा स्पार्टाका सेनाले एथेन्सका सैनिकहरुलाई आफ्नो शहरको रक्षाका लागि “लामो पर्खाल” भनिने किल्लाहरुको पछाडि शरण लिन बाध्य पारेको थियो । युद्धका कारण सैनिकहरुको बढ्दो भीडले महामारी फैलिएको थियो । महामारीले कमजोर भएको एथेन्स स्पार्टासँग पराजित हुन पुग्यो ।
३ एन्टोनाइन प्लेग विश्व इतिहासमा अभिलिखित एन्टोनाइन प्लेग सन् १६५ देखि १८० को बीचमा फैलिएको महाविनाशकारी महामारी थियो । रोमन साम्राज्य शक्तिशाली भएको समयमा ’पार्थिया’ सँगको युद्धबाट फर्किएका रोमन सेनाहरुबाट यो महामारी रोमन साम्राज्यमा फैलिएको थियो । यस महामारीबाट रोमन साम्राज्य लगायत एशिया, ग्रीस, इटालीसमेत गम्भीर रुपमा प्रभावित भएका थिए । यस महामारीबाट ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यस महामारीले रोमन साम्राज्यलाई कमजोर बनाएको थियो ।
४ साइप्रियन प्लेग सन् २५०–२७१ सम्म फैलिएको साइप्रियन प्लेग महामारीले यूरोपमा आतङ्क मच्चाएको थियो । यस महामारीमा रोम शहरमा मात्र प्रतिदिन पाँच हजार मानिसको मृत्यु भएको थियो । यो महामारीपछि मानिसहरुको अभावमा खाद्यान्न उत्पादनमा कमी हुन गई रोमन साम्राज्यमा भोकमरीको स्थिति उत्पन्न भएको थियो । यो महामारीलाई ट्युनिसियाको कार्थग शहरका पादरी सेन्ट साइप्रियनले ‘संसारको अन्त्यको सङ्केत’ को रुपमा व्याख्या गरेका थिए । यसैले यो महामारीको नाम सेन्ट साइप्रियनको नामबाट साइप्रियन प्लेग रहन गएको हो ।
५ जस्टिनियन प्लेग सन् ५४१ देखि ५४२ सम्म फैलिएको यो महामारीबाट एशिया, उत्तर अफ्रिका, अरेबिया र यूरोपसम्म गम्भीर रुपले प्रभावित भएको थियो । बेन्जाटाइन साम्राज्यका सम्राट बेन्जाटाइनको शासनकाल ९सन् ५२७–५६५० मा बेन्जाटाइन साम्राज्य मध्यपूर्वदेखि पश्चिम यूरोपसम्म फैलिएको थियो । सम्राट जस्टिनियनले साम्राज्यको राजधानीको रुपमा रहेको कन्सटान्टिनोपल (हालको स्तानबुल)मा एउटा ठूलो ‘हगिया सोफिया’ ९पवित्र ज्ञान० नामक गिर्जाघर निर्माण गर्नुभएको थियो । बेन्जाटाइन साम्राज्यको राजधानीबाट फैलिएको यो महामारीबाट विश्वको १० प्रतिशत जनसङ्ख्या घट्न गई पाँच करोड मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
६ कालो मृत्यु सन् १३४६–१३५३० ः सन् १३४७ देखि १३५१ सम्म फैलिएको ब्युवोनिक प्लेगलाई कालो मृत्यु (ब्ल्याक डेथ)को नामले चिनिन्छ । यर्र्सििनया पेस्टिस जीवाणुका कारण फैलिएको यो महामारी मुसाबाट उत्पत्ति भई झिङ्गाको माध्यमबाट मानिसमा सङ्क्रमण भएको थियो । यो महामारी एशियाबाट शुरु भई यूरोप लगायत संसारभर फैलिएको थियो । सन् १३४७ को अक्टुवर महिनामा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै १२ वटा पानीजहाज आएर रोकिए । ती रोकिएका जहाजभित्र हेर्दा वीभत्स दृश्य देखियो । जहाजमा रहेका धरैजसो यात्रुको मृत्यु भइसकेको थियो भने मृत्युको अन्तिम अवस्थामा पुगेका जीवित यात्रुहरु रगत र पीपले बनेको कालो फिँजले पुरिएका थिए । ती जहाजहरुमा रहेका मुसाहरु शहर पसे पछि फैलिएको महामारीले संसारभरि २० करोड मानिसको मृत्यु भएको थियो । यूरोपमा मात्र जनसङ्ख्याको एक तिहाइ अर्थात दुई करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो महामारीपछि यूरोपको जनसङ्ख्या पहिलेको अवस्थामा पुग्न २०० वर्ष लागेको थियो । यो महामारीले यूरोपको मार्ग परिवर्तन गरेको इतिहासकारहरुको मत रहेको छ ।
यो रोगको उत्पत्ति, रोकथाम र उपचारबारे मानिसहरुलाई थाहा थिएन । रोगी मानिसको नजिक नगएमा रोग सर्दैन भन्ने थाहा भएपछि भेनेसियनहरुको नियन्त्रणमा रहेको रसुगा शहरले पानीजहाजबाट आउने यात्रुहरुलाई बिरामी नभएको प्रमाणित नभएसम्म एकान्तमा ३० दिन ९पछि ४० दिन बनाइयो० राख्ने नियम बनाइयो जसलाई ’क्वरान्टिनो’ भनिन्थ्यो । हाल प्रचलनमा रहेको क्वारेन्टाइनको पूर्वरुप यही नै हो ।
७ अमेरिकन प्लेग यो महामारी सन् १५११ देखि १५३२ सम्म यूरोपेली अन्वेषकहरुबाट अमेरिकी महादेशमा फैलिएको थियो । नाक–कान बाट रगत बग्ने र अधिक ज्वरो आउने लक्षण भएको यो महामारीबाट एक करोड ८० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । यस महामारीबाट पश्चिम गोलार्धमा रहेका आदिवासीहरुको ९० देखि ९५ प्रतिशतसम्म मृत्यु हुनाका साथै “एज्टेक सभ्यता” र “इन्का सभ्यतालाई” विनाश गरेको थियो ।
८ कोको लिज्ट्ली महामारी सन् १५४५–१५४८ को अवधिमा साल्मोनेला उपसमूहको एस। प्यारासाइटको सङ्क्रमणबाट मेक्सिकोबाट शुरु भएको यो महामारीबाट संसारभर एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
९ ग्रेट प्लेग अफ लण्डन सन् १६६५ को अप्रिल महिनादेखि १६६६ को सेप्टेम्बर महिनासम्म फैलिएको यो महामारीमा एक लाख मानिसको मृत्यु भएको थियो । यो महामारीबाट लण्डन शहरका १५ प्रतिशत मानिसले ज्यान गुमाएका थिए ।
१० ग्रेट प्लेग अफ मार्सेल ९सन् १७२९–१७२३० मध्यपूर्वबाट मालसामान ल्याएर आएको ’ग््य्राण्ड सेन्ट एन्टोइन’ नामक पानीजहाजबाट निस्केर शहर पसेका सङ्क्रमित मुसाहरुबाट फ्रान्सको मार्सेल शहरबाट फैलिएको यो महामारीबाट मार्सेल शहर र आसपासको क्षेत्रमा एक लाख मानिसको मृत्यु भएको थियो जसमा ३० प्रतिशत मार्सेल शहरका बासिन्दाहरु थिए ।
११ रसिएन प्लेग ः सन् १७७० देखि १७७२ सम्म रुसको मस्को शहरमा फैलिएको यस महामारीमा एक लाख मानिसले ज्यान गुमाएका थिए । कारखानाका कारण महामारी फैलिएको भनी सरकारले सबै कारखानालाई मस्को बाहिर सार्ने निर्णय गर्नुपरेको थियो ।
१२ स्पेनिश फ्लु ९सन् १९१८–१९२०० ः प्रथम विश्वयुद्ध सकिए लगतै स्पेनिश फ्लुको महामारी फैलिएको थियो । यस महामारीबाट त्यसबेलाको विश्वको जनसङ्ख्याको एक तिहाइ हिस्सा अर्थात ५० करोडभन्दा बढी मानिस सङ्क्रमित हुनाका साथै पाँच करोडदेखि १० करोडसम्म मानिसहरुको मृत्यु भएको थियो । यस महामारीबाट भारतमा मात्र जनसङ्ख्याको ६५ अर्थात एक करोड ८० लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो भने चीनमा ४० लाखदेखि ९४ लाखसम्म, इण्डोनेसियामा १५ लाख, इरानमा नौ लाखदेखि २४ लाखसम्म, अमेरिकामा छ लाख ७५ हजार र जापानमा चार लाख मानिसको मृत्यु भएको थियो ।
यो महामारीको नाम स्पेनिश फ्लु रहनुमा पनि एक रोचक कथा छ । यो महामारी स्पेनबाट फैलिएर यसको नामकरण स्पेनिश फ्लु रहन गएको होइन । प्रथम विश्व युद्धमा ब्रिटेन, फ्रान्स र रुसको एउटा गठबन्धन थियो भने जर्मनी, अष्ट्रिया, हंगेरी र इटालीको अर्को गठबन्धन थियो । तर स्पेन भने कुनै गठबन्धनमा सम्मिलित थिएन । ऊ तटस्थ थियो । प्रथम विश्व युद्धमा गठबन्धनमा सम्मिलित देशहरुमा प्रेसमा एक प्रकारको प्रतिबन्ध थियो । सेनाको मनोबल गिराउने कुनै सामग्री छापिदैनथ्यो । सैनिक शिविरबाट शुरु भएको यस महामारीको सत्यतथ्य समाचार युद्ध सम्मिलित राष्ट्रका सञ्चार माध्यमले सार्वजनिक गर्ने अवस्था थिएन । तर युद्धमा समावेश नभएको तटस्थ रहेको स्पेनमा तुलनात्मकरुपमा प्रेस स्वतन्त्रता थियो । त्यसैले स्पेनी सञ्चार माध्यमले यस महामारीबारे सत्यतथ्य जानकारी सार्वजनिक गरेकाले यस महामारीको नाम स्पेनिश फ्लु रहन गएको हो ।
१३ बिफर सन् १५२० देखि १६०० सम्म यूरोप, दक्षिण अमेरिका, एसिया, अरेबिया लगायत विश्वमा महामारीको रुपमा फैलिएको बिफरले पाँच करोड ६० लाख मानिसको ज्यान गएको थियो भने बचेका मानिसहरुमा विभिन्न दाग रहनाका साथै अपाङ्ग भएका थिए । पश्चिमी गोलार्धको अमेरिका र मेक्सिकोमा ९० देखि ९५ प्रतिशतसम्म आदिवासीहरुको मृत्यु हुनाका साथै इज्टेक र इन्का सभ्यतालाई समाप्त पारेको थियो । यो रोगबाट विभिन्न समयमा नेपालमा पनि धेरै मानिसको मृत्यु हुनाका साथै कतिपय अपाङ्ग भएका थिए । यस रोगको खोप पत्ता लागेपछि हाल यो रोग उन्मूलन भएको छ ।
१४ हैजा सन् १८४० देखि १८६० सम्म भारतबाट शुरु भएको हैजाको महामारी एसिया, यूरोप, उत्तर अमेरिका, अफ्रिका लगायत सारा विश्वमा फैलियो । यस महामारीमा परी १० लाख मानिसको मृत्यु भएको थियो । विश्वको विभिन्न भागमा विभिन्न समयमा हैजा फैलिन गई करोडौं मानिसको मृत्यु हुने गरेको छ । यो रोगबाट नेपालमा पनि विभिन्न समयमा धैरै मानिसको मृत्यु भएको इतिहास छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो रोगबाट हरेक वर्ष १३ लाखदेखि ४० लाखसम्म मानिसहरु प्रभावित हुनाका साथै हरेक वर्ष एक लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
१५ एचआइभी÷एड्स ९सन् १९८१ देखि हालसम्म० ः पश्चिम अफ्रिकामा चिम्पाञ्जीबाट मानिसमा सरेको यो रोगबाट हालसम्म तीन करोड ५० लाख मानिसको मृत्यु भएको छ भने सात करोड भन्दाबढी मानिस यस रोगबाट सङ्क्रमित छन् । अहिलेसम्म यसको खोप पत्ता लागेको छैन । यस रोगको रोकथामका लागि एन्टी रेट्रोभाइरल थेरापी ९एआरटी० मार्फत यसको उपचार हुने गरेको छ ।
१६। स्वाइन फ्लु ९सन् २००९–२०१०० ः मेक्सिकोबाट शुरु भएर संसारभर फैलिएको यो रोगबाट आजसम्म एक लाख ५२ हजारदेखि पाँच लाख ७५ हजारसम्म मानिसको मृत्यु भएको अनुमान गरिएको छ । सुँगुरबाट मानिसमा सङ्क्रमण भएको यो रोगको खोप पत्ता लागिसकेको छ ।
१७ पश्चिमी अफ्रिकन इबोला ९सन् २०१४–२०१६० ः बाँदरबाट मानिसमा सरेको इबोला भाइरसबाट यो महामारी फैलिएको हो । अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो महामारीबाट सन् २०१४ देखि २०१६ सम्म यूरोप, अफ्रिका र अमेरिकी महादेशमा ११ हजार ३२५ मानिसको मृत्यु भएको थियो ।
१८। एशिएन फ्लु ९सन् १९५७–१९५८० ः कुखुराबाट मानिसमा सङ्क्रमण भई चीनबाट सिङ्गापुर, हङ्गकङ्ग हुँदै विश्वभर फैलिएको यो महामारीबाट ११ लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो जसमध्ये अमेरिकामा मात्र एक लाख १६ हजार मानिसको मृत्यु भयो ।
१९। हङ्गकङ्ग फ्लु ः सन् १९६८ को जुलाईदेखि सेप्टेम्बर महिनासम्म फैलिएको यो महामारी हङ्गकङ्गबाट शुरु भई भियतनाम, सिङ्गापुर र अमेरिकासम्म फैलिएको थियो । यो रोगबाट १० लाख मानिसको मृत्यु भएको थियो । अधिकाँशतः ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्ति र दीर्घ रोगीहरु यो रोगबाट बढी प्रभावित भएका थिए ।
२० सार्स कोरोना ः सन् २००३ मा २६ वटा देशमा फैलिएको यो रोगबाट ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
२१ मर्स कोरोना ः सन् २०१२ मा मध्यपूर्वका अफ्रिकी देशहरुमा देखा परेको यो रोगबाट ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
२२ जिका भाइरस ९सन् २०१५ देखि आजसम्म० ः एसिट एजेप्टि नामक लाम्खुट्टेको टोकाइबाट यो रोग सर्छ र रोग सार्ने जिका भाइरसले हो । ब्राजिलबाट फैलिएको यो रोगबाट २४ मुलुकका ४० लाख भन्दाबढी मानिस सङ्क्रमित भई हालसम्म ८५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
२३ औलो ः औलो रोगले पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि नै प्रभावित पार्दै आइरहेको छ । सन् १८८० मा फ्रान्सेली सैन्य चिकित्सक ल्यावेरनले औलोको कारक प्रोटोजोआ परजीवी हो भन्ने पत्ता लगाए । यसको लागि उहाँलाई सन् १९०७ मा नोबेल पुरुस्कार प्रदान गरियो । एशिया, अफ्रिका र अमेरिकी महादेशको उष्णीय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष करोडौं मानिसलाई प्रभावित पार्नाका साथै प्रत्येक वर्ष दशदेखि ३० लाख मानिसको मृत्यु हुने गर्दछ । यो परजीवीलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम एनेफिलिसमाउ लाम्खुट्टेले गर्छ । औलो रोगका कारण हालसम्म करोडौ मानिसको मृत्यु भइसकेको छ । औलो रोगको कारण नेपालमा पनि विभिन्न समयमा धेरै मानिसको मृत्यु भएको थियो । अहिले औलो रोग उन्मूलन भएपनि यो विश्वभर छिटफूटरुपमा देखा पर्ने गरेको छ ।
२४ कोभिड–१९ महामारी ः चीनको हुवेइ प्रान्तको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर महिनाको दोस्रो सातादेखि फैलिएको कोभिड महामारीको चपेटामा आजसम्म विश्वका १२० देश तथा आश्रित क्षेत्रहरु र दुई वटा पानीजहाज परिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले २०२० जनवरी ३ मा कोभिड–१९ लाई “अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट“ घोषणा गरेको थियो भने २०२० मार्च ११ मा यसलाई महामारीको रुप लिएको घोषणा गरेको थियो । चीनको वुहान शहरबाट २०७६ पुस २० गते नेपाल फर्किएका ३३ वर्षीय नेपाली विद्यार्थीलाई जाँच्ने क्रममा माघ १० गते कोभिड–१९ पोजेटिभ भएको पुष्टि भएको थियो । कोभिड–१९ सङ्क्रमित राष्ट्रको रुपमा दर्ज भए लगत्तै नेपालले कोभिड–१९ को सामना गर्ने क्रममा अन्तर्र्रािष्ट्रय सीमा बन्द गर्नाका साथै अन्तर्र्रािष्ट्रय र आन्तरिक उडान बन्द गरी २०७६ चैत्र ११ देखि लकडाउन गर्न शुरु ग¥यो । यसलाई २०७७ वैशाख २५ गतेसम्म लम्ब्याइएको छ ।
कोभिड–१९ महामारीको पछिल्लो ताजा स्थिति हेर्दा विश्वको महाशक्तिको रुपमा रहेको संयुक्त राज्य अमेरिका लगायत विश्वका विकसित एवं शक्तिशाली राष्ट्रहरु कोभिड–१९ को महामारीबाट सबैभन्दा वढी प्रभावित भएको देखिन्छ । आजसम्म विश्वभर दुईलाख २४ हजार मानिसको यस महामारीबाट मृत्यु भइसकेको छ । कोभिड–१९ महामारी नेपालमा अहिलेसम्म नियन्त्रण मै छ, कोभिड–१९ बाट कसैको पनि मृत्यु भएको छैन । तर अमेरिका, बेलायत, युएई, टर्की, आयरलैण्ड, नेदरलैण्ड, जापानमा समेत गरी अहिलेसम्म ५४ जना नेपालीको निधन भएको दुःखद् जानकारी एनआरएनले दिएको छ । आफ्नो नागरिकको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएकाले नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि उनीहरुको साथमा सरकार छ भन्ने प्रत्याभूति दिने गरी हरसम्भव प्रयास र पहल गर्नुपर्दछ ।रासस
लेखक पूर्वमन्त्री हुनुहुन्छ ।