एनआईसी एशियाका ग्राहकहरूका लागि आमाको मुख हेर्ने दिनमा स्पेशल अफर प्रकाशित : २०७७ वैशाख १० गते २०:५० बैशाख १०, काठमाडौ – एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यसवर्षको आमाको मुख हेर्ने दिन अर्थात् वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भएको छ । Foodmandu, Gyapu Market Place तथा UG Cakes मार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकहरुले उक्त रकम फिर्ता पाउने छन् । लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी यसरी अनलाईनबाटै सामान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बताएको छ । बैंकले लकडाउन आवधिभर दराज अनलाईनमा रहेको बिगमार्टका साथै सेलबेरी, मेरोकिराना, फुडमाण्डु, तथा सेन्टर्ल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ । यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारू रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९०१२२७७५५, एसएमएसः ३४४८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ