बैशाख २, काठमाडौं –सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए। एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि सरकारले बढाउँदै लगेको हो।
भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ।