चैत २७, काठमाडौं – एन आई सी एशिया बैंकले नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको छ । World Remit / Orbit Remit ५० भन्दा बढी देशहरूमा रहने नेपालीहरुले घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।
विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट World Remit / Orbit Remit मार्पmत घरमै बसी एन आई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछ ।
World Remit बाट रकम पठाउनको लागि ।
१. https://www.worldremit.com/en/Nepal गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिन्छ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले ध्यचमि च्झष्त बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सकिन्छ ।
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सकिन्छ ।
४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सकिन्छ । भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
५. World Remit बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सकिन्छ ।
Orbit Remit बाट रकम पठाउनको लागि ।
१. https://www.orbitremit.com/nepal गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।
२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ ।
३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा ँच्भ्भ्द्दल्एच् प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।
४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सकिन्छ ।