डा. मीनाक्षी दाहाल
काठमाडौ–चीनको वुहानबाट शुरु भएको भनिएको कोभिड १९, कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । यो भाइरसको संक्रमणले यतिबेला संसारलाई नै आक्रान्त र आतंकित बनाएको छ । विद्यालयहरु बन्द भएका छन् भने हाम्रो हिंडडुल, दैनिकी र दिनचर्या बिग्रिएको छ । यसबाट हामी सबै प्रभावित त भएका नै छौं तर सबैभन्दा धेरै बालबालिकाहरु प्रभावित भएका छन् ।
बालबालिकाहरुलाई सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग कार्य गर्नुपर्ने हुन्छ । यतिबेला बालबालिकासँग गर्ने खास निर्धारीत कामहरु पनि केही छैन । न त गृहकार्य, न त पढ्ने कुनै पाठ्यपुस्तक । दिनभरी यसै बस्नु पर्दा अभिभावक तथा बालबालिका दुबैमा तनाव भएको हुन सक्छ । साथै अहिलेको संक्रमणको कुराहरुले अझ धेरै त्रसित बनाएको हुन सक्दछ । यस्तो समयमा हुने डर, त्रास र मानसिक तनावले अभिभावक तथा बालबालिकाका व्यवहारमा परिवर्तन हुने हुन्छ । झर्किने, रिसाउने, धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने, सुतीरहने वा सुत्न नखोज्ने, बोली रहने वा बोल्नै नखोज्ने जस्ता व्यवहार देखिन्छ । यस्तो त्रास र तनावका असरहरुलाई तुरुन्तै सम्बोधन गर्न सकिएन भने बालबालिकामा यसको प्रभाव लामो समयसम्म रही रहन्छ । तसर्थ यस्ता विषम परिस्थितिमा बालबालिकालाई विशेष र थप सहयोगको आवश्यक्ता पर्दछ ।
यस समयमा अत्तिएर, डराएर भन्दा पनि विवेकपूर्ण तरीकाले सूरक्षित रहने उपायहरु अवलम्बन गर्नुपर्दछ । विद्यालय बन्द भएको बेला बालबालिकालाई कहाँ राख्ने के गराउने भन्ने अन्योलको अवस्थामा सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको आपूm र परीवार सुरक्षित रहनुका साथै आफ्ना वरीपरीको वातावरणलाई पनि सुरक्षित गराउनु, रोग सार्ने वा सर्ने अवस्था आउन नदिनु नै हो । अभिभावकहरुले यस परिस्थितिलाई मनन गरी सोअनुसार सकारात्मक वातावरण तयार गराउन सक्नुहुनेछ ।
आपतविपद् तथा जोखिमपूर्ण अवस्थामा शारीरिक तथा भावनात्मकरुपमा सुरक्षित राख्ने पहिलो र महत्वपूर्ण जिम्वेवारी परिवारको नै हो । यस्तो समयमा बालबालिकालाई रमाइलो वातावरणमा आपूmसँगै राख्ने र दिनभरीको लागि के के गर्ने भन्ने लचिलो तर नियमित तालिका बनाउनु पर्दछ । बालबालिकाको नेतृत्व, सहभागिता र सहकार्यमा दैनिकी बनाउनु पर्दछ र सोही तालिका अनुरुप प्रत्येक दिन कार्य गर्न सहयोग गर्नु पर्दछ ।
बालबालिकाले ठूला मान्छेले झैं समस्या वा जोखिमको आँकलन गर्न सक्दैनन् । हामीले गरेको कुराले उनीहरुमा डर, त्रास र तनाव परेको हुनसक्छ । तसर्थ बालबालिकासँग कोभिड १९, कोरोना भाइरसको बारेमा कुरा गरौं । उनीहरुले के सुनेका, बुझेका रहेछन् सुनौं र बालबालिकाले बुझ्ने गरी सरल भाषामा सही कुरा भन्ने वा बताउने गरौं । यस संक्रमणको बारेमा खोज्न, पढ्न र बताउन लगाउने गरेमा उनीहरुमा सही तथ्य कुरा खोज्ने र बुझ्ने बानीको विकास हुन्छ ।
बालबालिकाका साथै अन्य सबैलाई सामाजिक दूरी कायम गर्ने भनेको भाइरसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम वा बाटो वा सृंखलालाई रोक्नु हो भन्ने कुरा बुझाउनु पर्दछ । तसर्थ सकेसम्म बाहिर जाने वा बाहिरका कसैलाई पनि नभेट्ने गरिएको स्पष्ट गर्नुपर्दछ । तर परिवारका सदस्यहरु भने सँगै बस्ने, कुराकानी गर्ने, एक अर्कालाई सुन्ने र प्रशंसा गर्ने बानी बसाल्नुपर्दछ । बालबालिकाको कुरा सुनेर उनीहरुको जिज्ञासाको सही उत्तर दिने गरेमा बालबालिकाले पनि परिस्तितिलाइृ सही तरीकाले बुझ्छन् र सोही अनुरुप कार्य गर्दछन् ।
बालबालिकाले विद्यालय र किताबबाट मात्र सिक्छन् भन्ने कुरालाई पूर्नबिचार गर्नुपर्दछ । किनभने बालबालिका जतिबेला पनि सिक्न तयार हुन्छन् र सिकीरहेका हुन्छन् । तसर्थ यस समयलाई पनि बालबालिकाले जीवनपर्यन्त आवश्यक सीप सिक्ने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ । जस्तो कि, घरमा उपलब्ध सामग्रीको प्रयोगबाट सिकाई क्रियाकलाप गर्ने, सरसफाई, खाना तयारी आदि । यस्ता क्रियाकलापबाट बालबालिकालाई भाषा, विज्ञान, गणित सजिलै सिकाउन सकिन्छ ।
बालबालिका स्वभावले नै कुनै न कुनै क्रियाकलापमा अल्झीरहन मन पराउँछन् । बालबालिकालाई यस समयमा डर देखाउने अनावश्यक रोकटोक गर्ने र घर वा कोठा भित्र बन्दी जस्तो यो गर, त्यो नगर भन्नु भन्दा व्यस्त गराउने विभिन्न क्रियाकलापहरुमा दिनुपर्दछ । खेल, चित्रकला तथा विविध क्रियाकलापहरुले बालबालिकामा भएको तनाव, त्रास र मनोसामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सहयोग पुग्नुको साथै सिकाइमा सहयोग पुग्दछ । तसर्थ यस्तो असामान्य परिस्थितिमा अभिभावकले पर्याप्त समय र साथ दिएर बालबालिकालाई विभिन्न सृजनात्मक क्रियाकलपापमा संलग्न गराउनुपर्दछ ।
बालबालिकालाई आपूmबाट अलग राख्ने, लामो समयसम्म टीभी, कम्प्युटर वा फोन जस्ता प्रविधिसँग अलमलिन दिएमा बालबालिकामा सिकाइ भन्दा धेरै अन्य समस्याहरु देखिन थाल्नेछन् । चिडचिडाहट बढ्ने, झर्किने, एक्लै बस्न मन पराउने जस्था व्यवहारिक समस्याका साथै आँखा दुख्ने, घाँटी दुख्ने जिउ दुख्ने शारीरिक समस्या हुन्छ । तसर्थ शारीरिकरुपमा सक्रिय बन्न घर भित्र नै भए पनि उफ्रन, कुद्न दिनुपर्दछ ।
बालबालिकाहरु हरेक समय सिक्न तयार हुन्छन् र सिकी रहेका पनि हुन्छन् । उनीहरुको यो स्वस्फूर्त सिकाईलाई अनावश्यक दबाब र तनाव नदिइकन आपूm समेत सहभागी भइ उनीहरु सँगै वा उनीहरुको लागि पढी दिने, उनीहरु सँग खेल्ने र घरको काममा पनि उनीहरुलाई सहभागी गराउने गर्नाले बालबालिकाले थाहा नै नपाइ रमाइलोसँग सिकिरहेका हुन्छन् । यस्तो वातावरण बालबालिकाको समग्र विकास र सिकाइको लागि आवश्यक र महत्वपूर्ण हुन्छ ।
यदि घरमा कसैलाई रुघा खोकी लागेको छैन भने सबै परिवार सँगै बस्दा फरक पर्दैन । साथै रुघा लाग्दैमा यो काृभिड १९ को संक्रण भएको भन्ने पनि हुदैन । तर आपूmलाई यस्तो शंका लागेमा वा लक्षणहरु देखा परेमा अलग्ग बस्नु सबै भन्दा उत्तम उपाय हो । यस संक्रमणबाट जोगिन बाहिरको भिडभाडबाट अलग बस्ने हो, भिडमा नगएमा बाहिरबाट रोगका विषाणु आउने संभावना अति नै न्यून हुन्छ । बाहिर निस्कनु नै परेमा अनिवार्य मास्कको प्रयोग गरौं, बाहिर अन्य व्यक्ति र वस्तुको संसर्गमा नरहेमा कोभिड १९, कोरोनाको संक्रमणले हामीलाई भेट्ने छैन ।
हामीले सधैं नै अवलम्बन गर्नुपर्ने बानीहरुको अभ्यास र निरन्तरता अहिलेको आवश्यकता हो । तसर्थ पटक पटक राम्रोसँग साबुन पानीले २० सेकेण्ड लगाएर अगाडि पछाडि मिचीमिची हात धुने गरौं । यसैगरी जथाभावी नथुकौं र नाक, मुख र आखाँमा हात लैजानुहुदैन । यसबाट संक्रमण रोक्न र फैलिन नदिन धेरै सहयोग पुग्दछ । यस समयमा डर त्रास भन्दा पनि सजगता अपनाएर घरमा नै सिक्ने र सिकाउने अवसरको सदूपयोग गर्न सकिन्छ ।