चैत १२, काठमाडौं – सरकारले यतिबेला कोभिड १९ फैलिन नदिन घरबाहिर ननिस्किन आदेश गरेको छ । यदि उक्त आदेश पालना नगरेर घर बाहिर निस्किए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
यदि यो नियम, निर्देशन वा आदेश उल्लङ्घन गरेको कारणबाट कसैको ज्यान जान सक्ने अवस्था रहेछ भने त्यसलाई दश वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुन सक्छ।
नियतपूर्वक वा जानीजानी यसो गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ।
ऐनमा भनिएको छ, ‘यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना, लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’