कोरोना देखिएकी किशोरीसँग आएका बाग्लुङका युवकलाई क्वारेन्टाइनमा राखियो

चैत ११, काठमाडौं नोबेल कोरोना भाइरस (कोभिड(१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका एक युवालाई घरमै क्यारेनटाइनमा राखिएको छ ।

गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइएपछि उनीसँगै आएका व्यक्तिको खोजी भइरहेको थियो।

चिकित्सक र प्रहरी टोली लिएर नगरपालिका बिहानै ती युवाको घरमा पुगेको थियो। घरमा पुग्दा उनी स्वस्थ्य रहेको देखेपछि अलग्गै बस्न सल्लाह दिएर फर्केको हो ।

आइसोलेसनमा राखेर परीक्षण र थप उपचार लगायतका प्रक्रिया गर्न नपर्ने देखिएकाले निगरानीमा राखिएको बताइएको छ ।
संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ ।