चैत ६, काठमाडौं प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमाको प्रक्रिया शुरु गर्ने क्रममा आजवाट राजस्व परामर्श समितिको वैठक सञ्चालन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीको अध्यक्षतामा संचालित वैठकमा वजेट तर्जुमाको लागि आन्तरिक स्रोत परिचालन गर्न आगामी आ व मा लिइनु पर्ने, राजस्व नीति करको दर र दायरा तथा कर कानून तथा प्रक्रियाको सरलीकरण गर्न राजस्व परामर्श समितिको सिफारिस वमोजिम वजेट बक्तव्यमा सम्बोधन हुने छ ।
प्रदेश १ ले यस वर्ष आन्तरिक राजस्व रु ३ अर्व ८४ करोड उठाउने लक्ष्य लिएको छ । प्रदेशले प्राकृतिक स्रोतको संकलन र विक्री घरजग्गा रजिस्ट्रेशन यातायात कर मनोरंजन करवाट आन्तरिक स्रोतको व्यवस्थापन गर्ने गर्दछ ।
वैठकमा झापा जिल्ला समन्वय समितिका प्रमुख ,अर्थशास्त्री अर्जुन वराल र योगेश राजभण्डारी , प्रदेश लेखा नियन्त्रक डम्बर कार्की , को ले नि का मोरंगका प्रमुख, प्रदेश नं १ को उद्योग बाणिज्य संघ, उद्योग संगठन मोरंग, मोरंग व्यापार संगठन र प्रशेश १ मा सवै मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुखको उपस्थिति रहेको थियो ।