चैत ५, एजेन्सी – इंग्ल्यान्डले दुई अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै इंग्ल्यान्डले अष्ट्रिया र रोमानियासँगको मैत्रीपूर्ण खेल स्थगित गरेको हो ।
इंग्ल्यान्डले युरोकप अघि आगामी जुनमा अष्ट्रिया र रोमानियासँग खेल्ने तालिका रहेको थियो । इंग्ल्यान्ड र अष्ट्रियाबीच जुन २ र रोमानियासँग जुन ७ मा खेल्ने तालिका रहेको थियो ।
तर, चीनबाट फैलिएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि खेल स्थगित गरिएको हो ।
यस्तै युईएफएले सन् २०२० को युरोकप फुटबल पनि एक वर्ष पछि सारेको छ ।