चैत ३, डोटी – सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चोरी भएको जानकारी दिए ।
देउवाका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र १० तोला बराबरका तीन गरी ८० तोलाका लाखौँ मूल्य बराबरका छत्री चोरी भएका छन् ।
भक्तजनले मन्दिरमा चढाएका छत्री चोरी भएको स्थानीय गोविन्द श्रेष्ठले बताए । उनले भने भक्तजनले चढाएका छत्री चोरी भएका छन्, मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्छ ।”
फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभा हलको ताला चोरी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
मन्दिरमा कतिबेला भयो भन्ने यकिन खबर नभए पनि गतशनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
रासस