कोरोनाविरुद्ध लड्न सार्क देशले आपत्कालीन कोष बनाउने, भारतले दियो १० मिलियन डलर

चैत ३, काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले ’कोभिड–१९’ आपत्कालीन कोष बनाउने भएका छन् ।

आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गरेका हुन् । उनले कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गरे ।

यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताए ।

उनले कोरोनासँग लड्न भारतर्ले यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा प्रतिबद्धता जनाएका हुन् ।