चैत २, एजेन्सी – कोरोना भाईरसको महामारीका कारण सम्पुर्ण खेल जगत प्रभावित छ । प्रतियोगिताहरु लगातार रद्व भईरहेका छन् ।
विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगित गरिएको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्व गरिसकेको छ ।
सो खेल मार्च १५ मा लखनउ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो । लगत्तै बीसीसीआईले सम्पुर्ण घरेलु प्रतियोगिता समेत रोकिदिएको छ ।
कोरोनाको प्रभावलाई हेरेर बीसीसीआईले सबै घरेलु प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिदिएको हो ।
रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगित गरिएको छ ।