फागुन ३०, एजेन्सी – १९८० मा बनेको क्लासिकल बलिउड चलचित्र ’द बर्निङ ट्रेन’को रिमेक बन्ने भएको छ ।
अभिनेता तथा प्रोड्यूसर ज्याकी भगनानी र्जूनो चोपडाको सहकार्यमा यस रिमेक बन्ने भएको हो । ’द बर्निङ ट्रेन’ला रवि चोपडाले निर्देशन गरेका थिए भने रिमेकलाई उनकै छोराले निर्देशन गर्ने छन् ।
चलचित्रका सम्पूर्ण कलाकार तथा टिमको घोषणाको तयारी गरिरहेको निर्माण पक्षले चलचित्र यही वर्षको अन्तिममा प्रदर्शनमा ल्याउने बताएको छ ।
चलचित्र ’सुपर एक्सप्रेस’ नाम गरेको एक ट्रेनको कहानी हो जसको पहिलो यात्रामा नै भयानक दुर्घटना भएको थियो । चलचित्रमा धर्मेद्र, हेमा मालिनी, विनोद खन्ना, परवीन बबी, जीतेद्र, नीतू सिंह, विनोद मेहरा तथा डेनीको मुख्य भूमिका रहेको थियो ।